काठमाडौँ । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहालसँग भेट गरी उनीहरू एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दीप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेरका थिए ।
हरिजन २०७० सालको संविधासभा सदस्य, यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुन् । उनीहरूलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सलबलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए ।
उनीहरुले पिछडिएका तथा उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहेको बताए । पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने प्रधानमन्त्री दाहालको भनाइ छ ।