• असार ४ २०८२, बुधबार

३ करोड १५ लाख भ्रष्टाचार गरेको आरोपमा दाङका इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आश्विन १७ २०८०, बुधबार

दाङ ।  सरकारी सेवामा रहँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०४६ साल असार ३० गते सरकारी सेवा प्रवेश गरेका रानाभाटले २०७९ साल कात्तिक ६ गतेसम्म ३ करोड १५ लाख ८१ हजार २०६६ रुपैयाँ ८० पैसा भ्रष्टाचार गरेको अख्तियारले दाबी गरेको छ ।

अख्तियारले सो रकमबराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरू खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरूमा रकम मौज्दात गरेको भन्दै राधाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले रामबहादुरविरुद्ध ३ करोड १५ लाख ८१ हजार ०६६ रुपैयाँ ८० पैसा बिगो दाबी गरी मुद्दा दायर गरेको हो भने राधाविरुद्ध बिगो दाबी गरिएको छैन । उनीसँग रहेको गैरकानुनी सम्पत्ति जफत प्रायोजनका लागि मात्र मुज्ञा दायर गरेको हो ।