• असार ४ २०८२, बुधबार

मगर संजालको जुम भेलाले लुम्बिनी र कोशी प्रदेशको नेतृत्व चयन गर्यो

आश्विन १७ २०८०, बुधबार

काठमाडौं । नेपाल मगर संजाल क्लबले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा वार्षिक नीति र कार्यक्रम अनुसार प्रदेश शाखा विस्तार गरेको छ ।

क्लबका अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतबाट पास भए लगत्तै लुम्बिनी प्रदेश र कोशी प्रदेशको जुम प्रविधिमार्फत् भएको भेलाले अध्यक्ष तिलक पुनमगरको पहलमा तसर्थ समिति गठन गरेको छ । उक्त समितिमा समेट्न नसकिएका जिल्लाका सहभागीहरुलाई समेट्न नवनिर्वाचित कार्यसमितिलाई अध्यक्षले सुझाव दिए ।

नवनिर्वाचित समितिलाई सम्बोधन गर्दै अध्यक्ष पुनले आफ्नो समुदायको हकहितको लागि अग्रसर रहन सबैलाई अपिल गरे भने नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरे  ।

जुम भेलाबाट लुम्बिनी प्रदेशको अध्यक्षमा रोल्पाका आनन्द बुढामगर र कोशी प्रदेशको अध्यक्षमा धनकुटाका कुमार सिंजालीमगर चुनिएका छन्  ।