• असार ४ २०८२, बुधबार

वर्षापछि अचानक आएको बाढीमा फसेर सेनाका २३ जवान बेपत्ता

आश्विन १७ २०८०, बुधबार

सिक्किम । भारतको उत्तर सिक्किमको टिस्टा नदीमा आएको बाढीका कारण सेनाका २३ सैनिक बेपत्ता भएका छन् । गुवाहाटीमा रहेका सेनाका जनसम्पर्क अधिकृत लेफ्टिनेन्ट कर्नेल महेन्द्र रावतले यो घटनाको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको छ ।

हाल बेपत्ता सैनिकको खोजीका लागि उक्त क्षेत्रमा खोजी अभियान जारी रहेको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

सेनाले एक विज्ञप्ति जारी गर्दै उत्तर सिक्किमको लाहोनक तालमा एकाएक फुट्दा लाचेन उपत्यका नजिक रहेको टिस्टा नदीमा अचानक बाढी आएको बताएको छ ।