काठमाडौं । गायिका दिलमाया खातीको निधन भएको छ । ८४ वर्षको उमेरमा उनको गएराति निधन भएको हो पारिवारिक स्रोतले जानकारी दिएको छ ।
‘विछोडको पीडा नसकी खप्न दसैंको बेलामा’, ‘खोलाको दुई किनार’, ‘सम्हाल पछ्यौरी’, ‘सम्झे है बुझे है यो मेरो जोवन’ लगायत थुप्रै नेपाली गीतमा खातीको स्वर रहेको छ ।
खातीको जन्म दार्जिलिङको घुम पहाडमा विसं १९९६ साउन २३ गते भएको थियो । दार्जिलिङमा जन्मिए पनि उनले कर्मथलो नेपाललाई बनाएकी थिइन् ।