एसियाली खेलकुदको पुरुष क्रिकेटअन्तर्गत क्वार्टरफाइनल खेलमा भारतविरुद्ध नेपालले दाेस्राे सफलता पाएकाे छ । दीपेन्द्रसिंह ऐरीले भारतका ऋतुराज गायकवाडलाई क्याच आउट गरेपछि मैदान आएका तीलक बर्मालाई नेपाली बलर साेमपाल कामीले आउट गरेका हुन् ।
११.४ ओभरमा नेपालले दाेस्राे सफलता पाएकाे हाे । ९.५ ओभरमा नेपालले भारतकाे पहिलाे विकेट झारेकाे थियाे । नेपालविरुद्ध भारतले विस्फोटक ब्याटिङ गरिरहेकाे छ । पाँच ओभरमै भारतले ६१ रन जोडेकाे थियाे । १२ ओभरकाे खेल सकिँदा भारतकाे खातामा १ सय १२ रन छ ।
भारतका ओपनर यशस्वी जैसवाल शानदार लयमा छन् । उनी ३७ बलमा ७९ रन जाेडेर खेलिरहेका छन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । करण केसी प्लेइङ ११ मा फर्किएका छन् भने विनोद भण्डारीलाई बेञ्चमा राखिएको छ ।