• फाल्गुन ३० २०८२, शनिबार

ओलीलाई भेट्न बालकोट पुगिन् एमसीसीकी सिइओ अलब्राइट

आश्विन १५ २०८०, सोमबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न एमसीसीकी सिइओ बालकोट पुगेकी छन् ।

आइतबार काठमाडौँ आइपुगेकी अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटले सोमबार अध्यक्ष ओलीसँग उनको निवास बालकोट पुगेर भेटवार्ता गरेकी हुन्।

उनी एमसिसी कार्यान्वयनमा गएको अवसरमा नेपाल आएकी हुन्। एमसिसी सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि यही भदौ १३ गतेबाट उक्त परियोजना कार्यान्वयनमा गएको हो।

उनी पाँच दिनसम्म नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ।