• असार ४ २०८२, बुधबार

राष्ट्रपतिबाट दिइएको कैद माफी मिनाहाका बारेमा गृहमन्त्रीसँग जवाफ मागिँदै

आश्विन १५ २०८०, सोमबार

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा दिएको कैद माफी मिनाहाका बारेमा गृहमन्त्रीसँग जवाफ माग्ने भएको छ ।

समितिको सोमबार बसेको बैठकले संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट दिएको कैद माफी मिनाहाबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निणर्य गरेको हो ।

समिति सभापति विमला सुवेदीले गृहमन्त्रीको समय हेरेर समितिमा बोलाइने बताइन् । संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाउनेमा जघन्य अपराधमा कैद भोगिरहेका व्यक्ति पनि परेपछि विरोध भइरहेको छ । समितिले बालसुधार गृहहरुको अवस्थामा विषयमा पनि गृहमन्त्रीसँग जवाफ माग्ने निणर्य गरेको छ ।