• मंसिर १२ २०८१, बुधबार

कब्जियत के हो? कसरी पाउने छुटकारा?

आश्विन १५ २०८०, सोमबार

काठमाडौं । सामान्यतया कब्जियत भनेको दिसा राम्रोसँग नखुल्नु हो ।

वर्तमान समयमा कब्जियत सबैलाई हुने वा भइरहेको रोग हो । कब्जियत प्रायः सबै उमेरका मान्छेलाई हुन्छ । हाम्रो खानपान नमिल्दा हरेक मान्छेलाई कब्जियत हुन्छ । अझ भनौँ कब्जियत भनेको दिसा कडा हुनु वा लामो समयसम्म दिसा नलाग्नु र दिसा गर्न गाह्रो भएको अवस्था हो ।

हामीले खाएको खाना सजिलै पचेर पेट खाली हुने गरी दिसा हुनुपर्छ । यदि दिसा नभई हाम्रो शरीरमा फोहोर भएको अवस्थालाई कब्जियत भएको मानिन्छ । कब्जियत हुँदा हामीले वास्ता गरेनौँ भने त्यसले शरीरमा ठूलो असर पर्न सक्छ ।

 

यसरी पाइन्छ कब्जियतबाट छुटकारा

१.अत्यधिक पानी पिउने: थोरै मात्रामा पानी पिउनाले कब्जियत हुन सक्छ । यो समस्यामा आन्द्रामा जम्मा भएको  खाना सुक्छ, त्यसैले दिसा गर्न अत्यधिक बल लगाउनुपर्छ । यस्तो समस्या भएका व्यक्तिले बढी मात्रामा पानीको सेवन गर्नुपर्छ । एक दिनमा करिब ३–४ लिटर पानीको सेवन गर्ने बानी बसाल्नुपर्छ । खाना खानुभन्दा आधा घन्टाअघि वा पछि मात्र पानी पिउने बानी बसाल्नुपर्छ ।

२. मेवा अम्बा खाने: कब्जियतको समस्या छ भने मेवा र अम्बा खानुपर्छ । दुवै फलमा भएको गुणले हाम्रो पेटलाई फाइदा गर्छ ।

३. तामाको भाँडामा राखेको पानी पिउने: तामाको भाडामा एक चम्चा त्रिफला पानीसँग मिसाएर रातभरि राख्ने र बिहान पानी छानेर पानी पिउनुपर्छ । यो बानी दिनहुँ गर्नाले पुरानोभन्दा पुरानो कब्जियतबाट पनि मुक्ति मिल्छ ।

४. बदामको तेल: बदामको तेल पनि कब्जियतको समस्यामा एकदमै लाभदायक हुन्छ । यसले आन्द्राको कार्यक्षमता बढाउने काम गर्छ । राति सुत्नुभन्दा अघि दूधमा एक चम्चा बदामको तेल मिसाएर पिउनुपर्छ । १५ दिनसम्म लगातार यो उपाय लागू गरेमा कब्जियत ठीक हुन्छ ।

५. कागती पानी: एक चम्चा मनतातो पानीमा एउटा कागती निचोरेर पिएमा आन्द्रामा जम्मा भएको मल बाहिर निष्काशन गर्न मद्दत मिल्छ ।

६. तातो दूधः रातिमा तातो दूध पिएर सुत्नुपर्छ । यदि आन्द्रामा मल टाँसिएर बसेको छ भने दूधमा क्यासटर तेल मिलाएर पिउनुपर्छ ।

७. रेसायुक्त खानेकुराः रेसादार खानेकुरा खानुपर्छ । हरियो सागसब्जी, फलफूल वा सलादमा अत्यधिक मात्रामा फाइबर पाइन्छ । कब्जियतबाट छुटकारा पाउन पालकको जुस पनि लाभदायक हुन्छ ।

८. सुक्खा अंगुर (दाख): १०–१२ वटा सुक्खा अंगुर दूधमा मिलाएर उमाल्ने र राति सुत्नुअघि पिउनुपर्छ । बिहान हुन्जेल कब्जियत खुल्छ ।

९. सुन्तलाः ८–१० दिनसम्म लगातार बिहानपख खाली पेटमा सुन्तला या सुन्तलाको जुस पिउनाले कब्जियत ठीक हुन्छ । तर, जुसमा केही पनि नमिलाई खानुपर्छ ।

१०. व्यायामः दिनहुँ व्यायाम गरेमा कब्जियतको समस्याबाट छुटकारा मिल्छ ।