काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित भएको बताएका छन् । सोमबार काठमाडौंमा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को उद्घाटन कार्यक्रममा उनले लगानीकर्तालाई सचेत बनाउनुपर्नेमा जोड दिए ।
‘सीमित व्यक्तिले अहिले पनि बजारमा खेल्ने गरेका छन् । सबैले बजार बुझेका हुँदैनन्,’ उनले भने, ‘पुँजीबजारको विषयमा सबैलाई ज्ञान नहुने भएकाले चेतना फैलाउन आवश्यक छ । सूचनाको क्रान्तिले अवसर ल्याएको छ । यसको उपयोग गर्नुपर्छ ।’
बजार घट्दा लगानीकर्ता निराश भएको उनले बताए । केही दिनमै बजारलक्षित निणर्य गरिने उनको भनाइ छ ।
‘बजार अहिले घट्ने गरेको छ । कतिपयको नीतिका कारणले पनि हो । बजारलक्षित केही निणर्य आउलान् भन्ने मैले आशा लिएको छु,’ उनले भने ।
पछिल्लो समय ब्रोकरको संख्या बढ्दा आमलगानीकर्तालाई फाइदा भएको मन्त्री महतले बताए ।