• असार ४ २०८२, बुधबार

चर्चको छानाे खस्दा सात जनाको मृत्यु, बालबालिका पुरिएको हुनसक्ने आशंका

आश्विन १५ २०८०, सोमबार

मेक्सिकोमा एउटा चर्चको छानाे खस्दा सात जनाको मृत्यु भएको छ । भग्नावशेषमा अझै ३० जना फसेका हुनसक्ने बताइएको छ ।  केही बालबालिका पनि पुरिएको हुनसक्ने आशंका छ ।

मानिसलाई बाहिर निकाल्ने काम तीव्र गतिमा भइरहेको छ । स्थानीय सञ्चारमाध्यमले दश जनालाई भग्नावशेषबाट निकालेर अस्पताल लगिएको जनाएको छ ।

तटीय प्रान्त तामौलिपासका प्रहरीले छाना खसेका बेला चर्चमा भएको सामूहिक प्रार्थना सभामा करिब १०० जना मानिस उपस्थित रहेको बताएको छ ।