• असार ४ २०८२, बुधबार

दाङमा यात्रुबहाक बस दुर्घटना, १४ जना घाइते

आश्विन १५ २०८०, सोमबार

काठमाडौँ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएको हो ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ ।

बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।