काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग गठन र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका विषयमा ‘आवश्यक’ निर्णय गर्न भन्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
नेपाल आयल निगमले शनिबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विरोध भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै निगमले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको मूल्य बढाएको हो।
मन्त्रिपरिषद्को बैठकले स्वचालित मूल्य प्रणालीको पुनरावलोकनका सन्दर्भमा निर्णय गर्ने प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ।