• असार ४ २०८२, बुधबार

कांग्रेसनिकट दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

आश्विन १३ २०८०, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले १० वर्षभन्दा लामो समयदेखि अधिवेशन हुन नसकेर विघटित अवस्थामा रहेको दलित संघमा अध्यक्ष मनोनीत गरेका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको धारा ४२ (१) (च) बमोजिम संघको अध्यक्षमा सुर्खेतका लोकबहादुर विश्वकर्मालाई मनोनीत गरेको जानकारी दिए ।

कांग्रेसले पार्टीका भ्रातृ संस्थाहरुले अधिवेशन गर्न नसकेकोमा त्यस्ता संघ/संगठनहरू विघटन गरी सभापतिलाई गठनको अधिकार दिएको छ । सभापति देउवाले यसअघि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत संस्थाहरुमा अध्यक्षसहित सदस्यहरु समेत मनोनीत गरिसकेका छन् ।

केन्द्रीय कार्यसमितिले दिएको अधिकार बमोजिम देउवाले सबै भ्रातृ संस्थामा आफ्नै पक्षका नेताहरुलाई मनोनीत गरेका छन् । उपसभापति पूणर्बहादुर खड्काका विश्वासपात्र लोकबहादुर यसअघि २०७९ को निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए ।