अमेरिकी वैज्ञानिक अनुसन्धान केन्द्र नासाले अनतरिक्षमा एक अनौठो आकाशगङ्गा फेला पारेको छ । नासाका वैज्ञानिकहरूले यसको नाम आइन्स्टाइन औंठी राखेका छन् ।
औंठीरूपी यो आकाशगङ्गाको घनत्व ६५०० सूर्यको घनत्व बराबर छ । औंठीरूपी यो आकाशगङगाको आकारमा बराबर बदलाव आइरहन्छ । यसको रिङ कहिले पातलो, कहिले बाक्लो त कहिले च्यातिएकोजस्तो देखा परिरहन्छ ।
यो आकाशगङ्गा पृथ्वीबाट २१ सय करोड प्रकाशवर्ष टाढा रहेको छ । वैज्ञानिकहरुका अनुसार यो निकै घना छ । यसको चारैतिर घुमाउरो सेतो प्रकाशको रिङ देखिन्छ । यो रिङ ताराहरूको झुण्डको रिङ हो ।
यो रिङको आकृतिमा आउने परिवर्तन निकै हर्न लायकको हुन्छ । यो सापेक्षतामा तन्कने, च्यातिने, फैलने वा रिङ समान हुने गरिरहन्छ । निकै चलायमान तथा टुटफुट भैरहने भएकाले आइन्स्टाइन रिङको संज्ञा पाएको यो आकाशगंगा निकै रहस्यमय छ ।
नासाको जेम्स वेब स्पेस टेलिस्कोपले यो आकाशगंगा पत्ता लगाएको हो । यसैले आइन्स्टाइन रिङको तस्वीर लिएको हो । मानव जातिका लागि खुसीको कुरा के हो भने यति टाढाको स्पष्ट तस्वीर लिएको यो नै पहिलो पटक हो ।
आइन्स्टाइन रिङ एक दुर्लभ दृष्य हो । यसको गुरूत्वाकर्षण शक्ति असिम छ । यसको माझमा ब्ल्याकहोल छ कि छैन भनी खोज्न भने समय लाग्ने देखिन्छ । तर वैज्ञानिकहरूले यति धेरै तारामण्डल रिङको आकारमा घुम्नुले यसका बीचमा निकै ठूलो ब्ल्याकहोल रहेको अनुमान गरिरहेका छन् ।
संभवतः यही ब्ल्याकहोलको वरिपरि वृत्ताकारका घुम्दै गर्दा तारामण्डल रिङका रूपमा देखा परिरहेको छ । यो रिङ कहिले डोलो, कहिले छरिएको त कहिले सानो र कुनै बेलामा च्यातिएको जस्तो पनि देखा परिरहने गरेको छ ।
रिङका यस्ता स्वरूप तारामण्डल परिक्रमणको बेला देखा परेकाले यी सबै कुरा सापेक्षतामा हुने गरिरहेको छ । सापेक्षताको सिद्धान्त वैज्ञानिक आइन्स्टाइनले पत्तालगाएका हुनाले तारामण्डलको रिङको नाम ‘आइन्स्टाइन रिङ’ दिइएको नासाले बताएको छ ।
ब्ल्याकहोल धेरै ठूलो भयो भने यसले आफू नजिकको वस्तु तान्ने, च्यात्ने र बङ्ग्याउने गर्छ । यसले आकाशगंगा होस् वा सुपरनोभा वा अरू केही सबैलाई मर्नेगरी तान्ने, समाहित गर्ने, च्यातिने, टेडिने, बाङ्गिने गरी तान्छ । वैज्ञानिकको निष्कर्ष छ, ‘आइन्स्टाइन रिङ’ यसैको परिणाम हो ।
वैज्ञाानिकका अनुसार अतिशक्तिशाली ब्ल्याकहोलले तान्दा अन्तरीक्षमा एउटा अर्धचन्द्राकार चमचमाउने आकृति देखिन्छ । त्यो एक अधूरो रिङका रूपमा देखा पर्छ । अचम्मको कुरा के हो भने पहिलो पटक यो आइन्स्टाइन रिङ पूर्णरूपमा देखा परेको छ ।
नासाको जेम्स वेब स्पेस टेलिस्कोपले अहिलेसम्म ५ लाखभन्दा धेरै आकाशगंगाको खोजी गरिसक्दा आइन्स्टाइन रिङ देखापरेको छ । पृथ्वीबाट १७ सय करोड प्रकाश वर्ष टाढा रहेको यो आकाशगङ्गा अहिले थप खोजिको विषय बनेको छ ।
वैज्ञानिकले अनुमान गरेअनुसार आइन्स्टाइन रिङको चार सय करोड प्रकाश वर्ष भित्र केन्द्रमा यसको आकाशगंगा वा ब्ल्याकहोल रहेको अनुमान गरेका छन् ।
योभन्दा पहिले पत्ता लागेका यस्ता आकाशगङ्गाको केन्द्र १४ सय ७० प्रकाशवर्ष भन्दा टाढा रहेको ब्रह्माण्डको उमेर १३ सय ७० करोड वर्ष मानिन्छ । अहिले यो ब्रह्माण्ड तन्नेरी बन्दै निरन्तर बिस्तार भइरहेको छ ।
खोजको क्रममा पछिल्लो पटक भेटिएको आइन्स्टाइन रिङको वजन ६५०० करोड वटा सूर्यको बराबर रहेको अनुमान छ ।
(एजेन्सीको सहयोगमा)