काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नसकेको बताएका छन् ।
आज प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री रिजालले सरकारले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा देखा परेका समस्या समाधान गर्न नसकेको स्वीकार गरेका हुन् ।
उनले समस्या उद्योगी, व्यवसायीको नभई मन्त्रालय, सरकार र संसदभित्र रहेको बताए । उनले देशको समृद्धिका लागि हिमालको पानी र तपाईंको ढुङ्गा बेच्नु स्वाभाविक भएको बताए ।
उनले देशमा काम गर्नका लागि हरेक ठाउँबाट हस्तक्षेप हुने गरेको बताए । काम गर्न एनजिओले समस्या पैदा गर्ने गरेको उनको भनाई छ । अदालतले पनि विभिन्न फैसला गर्ने गरेकाले काम गर्न अफअप्ठ्यारो भएको उनले बताए ।
उनले अदालत क्रान्तिकारी भएको टिप्पणी गरे । उनले सरकारले क्रसर उद्योगहरुको व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको कमजोरी भएको बताए।मन्त्री रिजालले क्रसर उद्योगमा देखिएको समस्याहरूलाई समाधान गर्ने गरी आफू अगाडी बढ्ने बताए ।