• फाल्गुन ३० २०८२, शनिबार

शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयताको सफल हुन सक्दैन : का.वा प्रम खड्का

आश्विन १२ २०८०, शुक्रबार

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूणर्बहादुर खड्काले शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयताको सफल कार्यान्वयनमा समस्या हुने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन अपरिहार्य भएको बताए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले संघीयता कार्यान्वयन नभईकन जस्तोसुकै ऐन र नियम बनाएपनि धेरै परिणाम नदिने उल्लेख गरे । उनले संघीय शासन प्रणाली अनुसारको अधिकार कार्यान्वयनको श्रोतको व्यवस्थापन, जिम्मेवारी लगायतमा ध्यान दिन जरुरी रहेको बताए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले सङ्घीय कानुन निमाणर्लाई उच्च प्राथमिकतामा राखेको बताए ।