काठमाडौँ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सरकारी अस्पतालका आकस्मिक सेवा बन्द भए भन्ने स्थिति आउन नदिन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उनले भने, ‘पोखरामा तनाव छ । पोखराको उच्छृङ्खललाई नियन्त्रमा लिनु पर्यो । पक्राउ गर्नु पर्यो,’ उनले भने, ‘आकस्मिक सेवा बन्द भयो भन्ने नआओसो ।’
आर्थिक लेनदेनले घटना बढेकाले नियमन गर्न उनले आग्रह गरे । वार्ताबाट नै समाधान गर्नुपर्ने उनले बताए । तर, दोषीलाई कारबाही गर्न अध्यक्ष कार्कीले सरकारको ध्यानाकर्षण गराए ।