• असार ४ २०८२, बुधबार

ठूला दललाई रविको चेतावनी-४ वर्षअघि नै घण्टी बजाएको छु, ०८४ मा कि तपाईंको सटर बन्द हुन्छ, कि हाम्रो

आश्विन १२ २०८०, शुक्रबार

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले ठूला दलले मिसन ०८४ गरेको पटक्कै नसुहाएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।
उनले ठूला दललाई अहिले नै काम गर्ने समय भएको र चार चार वर्ष बाँकी हुँदा नै मिसन ०८४ को अर्थ नहुने बताएका हुन् ।
“जनताले तपाईंहरुलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस् । चार वटा सही निणर्यले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ । तपाईंहरु चार चार वर्ष छ । गर्नुस् निणर्य र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ हजुर ! कि तपाईंको कि हाम्रो । चार वर्षअघि नै एडभान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नुहोला ।”