• असार ४ २०८२, बुधबार

आन्दोलनरत सामाजिक अभियन्ता ईः र काठमाडौं महानगरबीच जुट्यो सहमति

आश्विन १० २०८०, बुधबार

काठमाडौं । जवाफदेहीताको माग राखेर नौ दिनदेखि आन्दोलनमा रहेका सामाजिक अभियन्ता ईःसँग काठमाडौं महानगरपालिकाले सहमति जुटाएको छ ।

सहमतिपछि नौ दिनदेखि उभिएर आन्दोलन जारी राखेका ईःले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

सहमतिअनुसार कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गरेर फुटपाथ र सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न महानगरले एक हप्ताभित्र पहल गर्ने छ ।

काठमाडौं महानगरपालिकाको तर्फबाट चिनीकाजी महर्जन र धिरज जोशी तथा अभियानकर्ताको तर्फबाट ईः ले हस्ताक्षर गरेका छन् ।