• असार ४ २०८२, बुधबार

महानगर र ईः अभियन्ताबीचको वार्ता निष्कर्षविहीन

आश्विन ९ २०८०, मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन भएको छ । फुटपाथ व्यापारीहरूले यथास्थानमा समय नतोकेर व्यापार गर्न पाउनुपर्ने बताएपछि वार्ता निष्कर्षविहीन बनेको हो ।

बैठकमा सहभागी एकजनाका अनुसार महानगर तत्कालका लागि निश्चित ठाउँ र समय तोकेर व्यापार गर्न दिन सकिने विषयमा छलफल गर्न सकिने बताएको थियो । ईः आठ दिनदेखि काठमाडौं महानगरपालिकाको गेटमा उभिरहेका छन् ।

लामो समय उभिँदा उनीहरुका खुट्टाहरु सुनिएका छन् । उनीहरुको पक्षमा समर्थन बढ्दै गएपछि महानगर वार्ताका लागि तयार भएको हो ।

वार्तामा ईः अधिवक्ताद्वय सन्जय अधिकारी र प्रज्वला कार्की तथा फुटपाथ व्यापारीहरूका तर्फबाट सुजन गिरी, विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण, सहरी पूर्वाधार विज्ञ राज महर्जन सहभागी भएका थिए ।

महानगरका तर्फबाट दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यलगायत थिए ।