एजेन्सी । कपालले हाम्रो सौन्दर्यलाई सुन्दरता प्रदान गर्दछ । कपालको हेरचाह नगर्ने हो भने समय नपुग्दै कपाल सेतो हुन सक्छ । सेतो कपालले समयभन्दा पहिले नै बूढो देखिन्छ । कपालमा केमिकलको अत्यधिक प्रयोग, कपालमा पोषणको कमी आदि जस्ता धेरै यस्ता कारण छन् जसले कपाल सेतो हुने गर्दछ । जीवनशैलीमा केही आवश्यक परिवर्तनहरू गरेर, तपाईंले आफ्नो छाला र कपालमा परिवर्तन देख्नुहुनेछ । यदि तपाई समय भन्दा पहिले नै कपाल फुल्नबाट जोगिन चाहनुहुन्छ भने, यी तरिका अपनाउन सक्नुहुन्छ ।
१. धुम्रपान छोड्नुहोस्
धुम्रपानले कपाल छिट्टै नै फुल्ने गर्दछ । चुरोटमा पाइने टक्सिनले कपालको फोलिकल्सलाई नोक्सान पुर्याउँछ । समयपूर्व बुढ्यौलीको समस्याबाट छुटकारा पाउन धुम्रपान त्याग्नुहोस् ।
२. रसायनको अत्यधिक प्रयोग नगर्नुहोस्
यदि तपार्इं धेरै खालको हेयर प्रडक्टस प्रयोग गर्नुहुन्छ भने तपाईंको कपाल छिट्टै फुल्न सक्छ । यी उत्पादनमा भएका केमिकल्सले कपाललाई बिगार्छ र छिटै फुल्ने समस्या निम्त्याउन सक्छ । धेरै खालका उत्पादन प्रयोग गर्दा कपाल ड्राई पनि हुनसक्छ ।
३.कपालमा तेल लगाउनुहोस्
कपालमा तेल नलगाउँदा कपाल फुल्ने गर्छ । हप्तामा कम्तिमा दुई पटक कपालमा तेल लगाउनु पर्छ । तेलबाट कपाललाई पोषण मिल्छ । कपालमा बदामको तेल, नरिवलको तेल, जैतुनको तेल आदि लगाउन सक्नुहुन्छ ।
४. पौष्टिक आहार लिनुहोस्
खानामा पोषक तत्वको कमीका कारण कपाल फुल्ने समस्या हुन सक्छ । खानामा भिटामिन ए, भिटामिन ई, भिटामिन डी आदिको कमीले कपाल फुल्न सक्छ । भिटामिन, मिनरल्स र अत्यावश्यक पौष्टिक तत्व भएको खाना खानुपर्छ ।
५. घाममा लामो समयसम्म नबस्नुहोस्
यदि तपाईं लामो समयसम्म घाममा बस्नुभयो भने, तपाईंको कपाल छिट्टै सेतो हुन सक्छ । पराबैंगनी किरणले हाम्रो कपाललाई हानी गर्छ । लामो समय घाममा बस्ने बानी छ भने यो बानी बदल्नुहोस् । कपाललाई घामबाट जोगाउन छाता वा स्कार्फ लगाएर बाहिर निस्कनुपर्छ। कपाल स्वस्थ राख्नको लागि दैनिक स्वस्थ आहार लिनुहोस् र कपालको सरसफाइमा ध्यान दिनुहोस् ।