• असार ३ २०८२, मंगलवार

१३ फिट लामो गोहीको मुखमा ४१ वर्षीया महिलाको शव फेला

आश्विन ८ २०८०, सोमबार

न्यूयोर्क । अमेरिकाको फ्लोरिडामा एक एलिगेटर गोहीको मुखमा मान्छेको शव भेटिएको छ । बीबीसीका अनुसार १३ फिट लामो एलिगेटरको मुखमा ४१ वर्षीया महिलाको शव भेटिएपछि उक्त गोहीलाई मारिएको छ । एक प्रत्यक्षदर्शीले गोहीको मुखमा मान्छेको टुक्रा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

पिनेलास काउन्टी शेरिफको कार्यालयले गोही मारिएको र ४१ वर्षीया साब्रिना पेकहमको अवशेष गोहीको मुखमा र जलमार्गमा फेला परेको पुष्टि गरेको छ ।

गोहीले नै महिलालाई मारेको हो या अन्य के कारणले महिलाको मृत्यु भयो भन्नेबारे अनुसन्धानपछि खुल्नेछ ।