आफूहरू त्यहाँ आन्तरिक राजनीतिसँग जुझ्न त्यहाँ नगएका कारण सहकार्य अन्त्य गर्ने निर्णय गरिएको उनले बताए । आगामी दिनहरूमा फ्रान्सको सेना फर्कन सुरु गर्ने म्याक्रोँले जानकारी दिए ।
नाइजरको सैन्य नेतृत्वले फ्रान्सको निर्णयको स्वागत गरेको छ । सेनाले आफ्नो देशमा साम्राज्यवादी शक्ति र उप–निवेशवादीहरुलाई स्वागत नभएको पनि स्पष्ट पारेको छ ।
नाइजरबाट फ्रान्सले सस्तो मूल्यमा युरेनियम लागिरहेको छ तर रुसको सहयोगमा त्यहाँ सैन्य विद्रोह भए पछि अब फ्रान्सबाट फ्रान्सेली सेना फिर्ता हुनेछन र युरेनियमको कारोबार पनि बन्द हुनेछ । नाइजरमा फ्रान्सका १५०० सेना रहेका छन् ।