• असार ३ २०८२, मंगलवार

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिर दर्शन

आश्विन ८ २०८०, सोमबार

जनकपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका छन्। राष्ट्रपति भएपछि पहिलो पटक जनकपुर आएका राष्ट्रपति पौडेलले प्रसिद्ध जानकी मन्दिरको दर्शन एवं पूजा-अर्चना गरेका हुन्।

पौडेल अखण्ड कीर्तन, दीप प्रज्वलन तथा आरतीमा सहभागी भए। राष्ट्रपतिलाई जानकी मन्दिरमा मुल महन्त रामतपेश्वर दासले स्वागत गरेका थिए।

महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको भवन उद्‌घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा राष्ट्रपति पौडेल सोमबार बिहान जनकपुर आएका हुन्।

राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगर प्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए।