• असार ३ २०८२, मंगलवार

नेपाल र चीनबीच १३ बुँदे समझदारी

आश्विन ८ २०८०, सोमबार

काठमाडौं । नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा १० वटा सम्झौता र ३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा परियाेजनामा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराउने तयारी छ।