• असार ३ २०८२, मंगलवार

सरकार आफैले सुन तस्करी गरिरहेको छ : केपी ओली

आश्विन ६ २०८०, शनिबार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । स्वणर् युगको झल्को दिने गरी सरकार आफै सुन तस्करीमा संलग्न रहेको ओलीको आरोप छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वणर् युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे ।

चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीले बताए । उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए ।

“चिल आयो, चिल आयो भन्ने अनि कुखुरा यतातिर बोकेर कुद्ने ? मैले अघि नै भनेको छु- सरकारको आलोचना खास गर्न चाहन्नँ । तर, अवस्था नाजुक छ,” उनले भने, “धेरै नाजुक छ । र, धेरै नेपालीले यस नाजुक स्थितिबाट सोच्न पर्दछ । यस स्थितिमा परिवर्तन ल्याउनै पर्दछ ।”

अध्यक्ष ओलीले देशको मूल्यमा कुनै पनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने पनि बताए ।