काठामाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । उनीहरूबीच शुक्रबार दोस्रो दिन वार्ता सुरु भएको हो । गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । यसअघि बिहीबार पनि वार्ता भएको थियो । तर, त्यसमा कुनै सहमति जुट्न सकेको थिएन ।
सरकारले ल्याएको शिक्षा विधेयकमाथि असहमति राख्दै देशभरका शिक्षकहरू काठमाडौंमा जम्मा भएर आन्दोलन गरिरहेका छन् ।