• असार ३ २०८२, मंगलवार

प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट

आश्विन ५ २०८०, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति बाइडेनसँग भेट गरेका हुन्।

भेटमा अमेरिका र नेपालको सम्बन्ध तथा आपसी हितबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले न्यानो स्वागत तथा आतिथ्यता लागि धन्यवाद दिएका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डसँगै उनकी छोरी गंगा दाहाल र अमेरिकी राष्ट्रपति बाइडेन र उनकी पत्नी जिल बाइडेन सहभागी थिए।