काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अमेरिकामा बसेर नेपालबाट तस्करी गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमविरूद्ध चारवाट मुद्दा दर्ता गरेको छ। मानव बेचबिखन गरेको आरोपमा पक्राउ गौतमविरूद्ध बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो।
सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा गौतमसहितका प्रतिवादीविरूद्ध मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले बताए।
उनीविरूद्ध मानव बेचबिखन ओसारपसार, संगठित अपराध, ठगी र संगठित अपराधमा मुद्दा दायर भएको छ। तीनवटा फाइल खडा गरेर गौतममाथि अनुसन्धान गरिएको थियो। सरकारी वकिलको कार्यालयले उनीसहित १४ जनालाई विपक्षी बनाएको छ।