• बैशाख १० २०८२, बुधबार

बालेनको निर्देशनमा महानगरको ८९ विद्यालयमा निरीक्षणका लागि खटिए नगर प्रहरी

आश्विन ४ २०८०, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन थालेको छ । महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा नगरप्रहरी परिचालित भएका हुन् ।

नगरप्रहरी प्रमुख राजु पाण्डेले ८९ वटा सामुदायिक विद्यालयमा आजै पुगेर अनुगमन गरिने बताए । पाण्डेका अनुसार दुई घन्टाभित्र सबै विद्यालयहरुको अनुगमन सकेर महानगरलाई रिपोर्टिङ गरिनेछ ।

नियमित पठनपाठन नभएका विद्यालयहरूलाई महानगरको शिक्षा विभागले कारबाही गर्ने उनले बताए । यसैबीच महानगरको चेतावनीपछि शिक्षक महासंघले महानगरले कारबाही गरे आन्दोलन थप चर्केने चेतावनी दिएको छ ।