• बैशाख १० २०८२, बुधबार

बालेनको आदेश उल्लंघन गर्दै शिक्षकहरु आन्दोलनमा जाँदै

आश्विन ३ २०८०, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका शिक्षकहरूले शिक्षा विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुने निणर्य गरेका छन् । आन्दोलनमा गएर पठनपाठनमा अवरोध पुर्‍याए कारबाही गर्ने महानगरको चेतावनीका बाबजुद उनीहरूले सडक आन्दोलनमा जाने निणर्य गरेका हुन् ।

आज बसेको महानगरभित्रका शिक्षकहरूको बैठकले आजदेखि सुरु भएको आन्दोलनलाई समर्थन गर्दै सहभागी हुने निणर्य गरेको हो ।

महानगरले आजै एक सूचना जारी गर्दै पठनपाठन बन्द गरी आन्दोलनमा जाने शिक्षकलाई कारबाही गरिने चेतावनी दिएको छ ।

“सामूहिक सौदाबाजीका माग राख्ने र पुरा गर्ने आफ्नै विधि, प्रक्रिया र पद्धति हुन्छन् । कोरोनाले प्रभावित भएको शिक्षा क्षेत्र सुधारोन्मुख रहेका बखत विद्यालय बन्द गरेर पुनः शैक्षिक क्षति गर्नु शिक्षकको नैतिकता र आचरणले दिँदैन,“ महानगरको सूचनामा भनिएको छ । तर, शिक्षकहरूले महानगरको अवज्ञा गर्दै आन्दोलनमा जाने निणर्य गरेका हुन् ।