• बैशाख १० २०८२, बुधबार

शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ तर विद्यालय नै बन्द गरे कारवाही हुन्छ : बालेन

आश्विन ३ २०८०, बुधबार

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले संसदमा दर्ता भएको शिक्षा विधेयकमा आफ्नो असहमति रहेको बताएका छन् ।

उनले शिक्षा ऐन बनाउने अधिकार स्थानीय तहको भएको भन्दै संघीय सरकारले विधेयक संसदमा ल्याउनु नै संविधानको बर्खिलाप भएको बताएका छन् । उनले संघीय सरकारले शिक्षा ऐन तर्जुमान गरी राष्ट्रिय शिक्षा नीति ल्याउनुपर्नेमा विधेयक ल्याएको भन्दै त्यसलाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन् ।

शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरू काठमाडौं जम्मा भएर आन्दोलन गरिरहेका बेला बालेन पनि सो विधेयक अस्वीकार्य भएको बताएका हुन् । तर, विद्यालयमा पठपाठन बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई भने कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन् ।