• आश्विन १३ २०८१, आईतवार

दाँत सफा नगर्दा देखिन्छन् यस्ता समस्या

आश्विन ३ २०८०, बुधबार

नेपालमा ९० प्रतिशत मानिसले ब्रस गर्न जान्दैनन्। दाँत सफा नगर्दा समस्या देखिन्छन् । मुख स्वास्थ्यमा दाँत किराले खानेदेखि लिएर धेरै कुरा पर्छन्। हामीले सही रूपमा मुखको स्वास्थ्य हेरचाह र नियन्त्रण गर्यो भने झन्डै ९० प्रतिशत रोग लाग्दैन। हरेक मान्छेहरू दाँतको समस्याबाट पीडित छन्। सानो बच्चादेखि लिएर बुढाबुढी ९० वर्षको बुढाबुढीलाई पनि यो समस्या छ। समस्या भएपछि समाधान र नियन्त्रण गर्नुपर्छ। जन्मिसकेपछि ६ महिनादेखि ३ वर्षसम्म उसका दाँतहरू आउँछन्। जसमा २० वटा दाँतहरू हुन्छन् र ६ वर्षदेखि ती दाँतहरू झर्दै जान्छन्। ती दाँतहरूलाई सुरुदेखि नै सावधानी पूर्वक हेरचाह गर्न सक्यौँ भने हामीले मुखको रोगबाट त जोगिन्छौँ नै शरीर पनि स्वस्थ हुन्छ।

दाँत सफा नगर्दा दाँतको साथै सिङ्गो शरीरमा नै त्यसले असर पुर्याउँछ। दाँत सफा नगर्दा सुरुको अवस्थामा दाँत कमजोर हुने, गिजाबाट रगत बग्ने, सुनिने जस्ता समस्या देखिन्छन्। तर यो समस्या बढ्दै जाँदा बढ्दै जाँदा मुख गन्हाउने, दाँत हल्लिने, दाँत भाँचिने, झर्ने, दुख्ने र घाउ हुने र दाँतमा धेरै सङ्क्रमण फैलिएर रगतको माध्यमबाट मुटु, टाउको लगायत शरीरका विभिन्न भागहरूमा ब्याक्टेरियाहरू पुग्छन् जसले हार्ट अट्याक हुने, टाउको दुख्ने, जोर्निहरू दुख्ने जस्ता गम्भीर समस्या पनि देखिन सक्छन्। त्यसैले मुखको स्वास्थ्यलाई विशेष ध्यान दिनु पर्छ।

सबै राम्रो कुराहरू जाने पनि नराम्रो जाने पनि यही मुख गनाइदिने पनि यही रोगका कीटाणु जाने पनि भएकाले त्यो ठाउँलाई सफा गरौँ। बिहान बेलुका मुखलाई सफा गरौँ। चबाउने भाग गालाको भाग जिब्रोको भाग दुई दाँतको बीचको भाग गरेर सबै सफा गर्नुपर्छ।

दाँतमा लागेको किरा हाम्रो आँखाले देख्दैन। मुखमा हाम्रो थुक हुन्छ। थुक अमृत हो त्यसमा यान्टिब्याक्टेरियल प्रोपर्टी हुन्छ। डाइजेब्टिक इन्जाइमहरू पनि हुन्छ। विभिन्न हेलिङ इन्जाइम पनि हुन्छन्। त्यही माध्यमबाट ब्याक्टेरियाले अडिने ठाउँ पाउँछन्। हामीले जति रिफाइन फुड खान्छौँ। त्यति रिफाइन फुड त्यो लेयरमा टाँसिन्छ। सकेसम्म हामीले चिनीजन्य खानेकुरा खानु हुँदैन। खाइहाले पनि ब्रस गरिहाल्नुपर्छ। र मुख स्वास्थ्य राख्नका लागि नियमित सामान्यतया तीनदेखि ६ महिनामा दन्त रोग विशेषज्ञलाई देखाउनुपर्छ।

दाँत र मुख स्वास्थ्यमा कुनै पनि समस्या नआओस् भनेर सबै भन्दा पहिला सुरुमा ब्रस समयमा गर्ने, चिसो पेय पदार्थ धेरै नखाने, समयमा दाँतको चेकअप गर्ने गर्नुपर्छ।