• असार ३ २०८२, मंगलवार

सुनचाँदी व्यवसायी विकले एसिड प्रहार गर्दा २ घाइते

आश्विन ३ २०८०, बुधबार

धादिङ । धादिङको गजुरी गाउँपालिकामा एसिड प्रहारबाट २ जना घाइते भएका छन् ।

उक्त गाउँपालिकाको मलेखुस्थित प्रविण विकले संचालन गरेको भद्रकाली सुनचाँदी पसलमा विवाद हुँदा एसिड प्रहारबाट बेनिघाट रोराङ गाउँपालिका ३ रातमाटा बस्ने वर्ष १८ का दिपेश क्षेत्री र कात्राक बस्ने वर्ष ६३ का डम्बरबहादुर पुलामी घाइते भएका हुन् ।

प्रविण विकले आफ्नै सुनचाँदी पसलमा रहेको एसिड निकाली प्रहार गर्दा क्षेत्रीको शरीरको विभिन्न भागमा र पुलामीको अनुहार र शरिरमा एसिड लागेको छ ।

उनीहरु दुबैको मलेखु टिचिङ अस्पताल उपचार भैरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । एसिड प्रहार गर्ने विक प्रहरी नियन्त्रणमा रहेका छन् ।