• असार ३ २०८२, मंगलवार

कांग्रेसले नै भ्रष्टाचारविरुद्धको अभियान रोकेको सन्देश गएको कोइराला समूहको निष्कर्ष

आश्विन २ २०८०, मंगलवार

काठमाडौं । कांग्रेसको शेखर कोइराला समूहको बैठकले कांग्रेसले नै भ्रष्टाचारविरुद्धको अभियान रोकेको सन्देश जनतामा गएको निष्कर्ष निकालेको छ ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार बसेको बैठकले आफ्नै दलका नेताहरू समातिने डरको मनोविज्ञानका कारण भ्रष्टाचारविरुद्धको अभियान रोकिएको निष्कर्ष निकालेको हो । बैठकले सरकारले जनतामा आशा जगाउन नसकेको निष्कर्ष पनि निकालेको छ ।
“हाम्रो दलका नेताहरू समातिने डरको मनोविज्ञान बढेपछि भ्रष्टाचारविरुद्धको अभियान रोकिएको निष्कर्ष हो,” बैठकमा सहभागी एक नेताले भने ।
ती नेताका अनुसार बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थामा संस्थापन पक्षले एकलौटी गरेको र तल्ला तहको निर्वाचन हारेकाहरूलाई पनि केन्द्रीय समितिमा मनोनीत गरेकोसहितका विषयमा छलफल भएको छ ।