• असार ३ २०८२, मंगलवार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

भाद्र ३० २०८०, शनिबार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

निगमका अनुसार पेट्रोलमा लिटरको रु एक रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य वृद्धि भएको छ ।

मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेल/मट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।