• असार ३ २०८२, मंगलवार

उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिको सिफारिस(सूचीसहित)

भाद्र २९ २०८०, शुक्रबार

काठमाडौँ । न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार उच्च अदालतमा रिक्तमध्ये २७ जनाको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायबाट सिफारिस गरिएको छ ।

सिफारिस भएकाहरुको नाम भने हालसम्म सार्वजनिक भएको छैन । न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।