काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि विनोद शर्मालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ।
समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि शुक्रबार सिधै सुनुवाइ गरेको हो।
गत भदौ १० गते बसेको न्याय परिषदको बैठकले शर्मालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। भदौ १५मा बसेको सुनुवाइ समितिको बैठकले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो।
गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो। त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ।