• असार ३ २०८२, मंगलवार

तीन दिनसम्म काठमाडौं र ललितपुरका केही ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

भाद्र २९ २०८०, शुक्रबार

काठमाडौं । शुक्रबारदेखि लगातार तीन दिनसम्म काठमाडौं र ललितपुरका केही ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

टेकु सबस्टेशन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ। टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू(स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ।

त्यसैगरी ६६ केभी स्युचाटार(पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार(के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण प्रभावित हुने भएको छ।