• आश्विन १३ २०८१, आईतवार

हृदयघातको समस्या के कारणले हुन्छ ?

भाद्र २९ २०८०, शुक्रबार

हृदयघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरि धमिनि वा धमिनिका शाखा भित्रै आकस्मात रगत जम्नगइ रगतको थेग्लाले धमिनि थुनिदिदा थुनिएको भाग भन्दा अगाडि हृदयका मांशपेशीहरूअक्सिजन र अन्य पोषकतत्वहरुको अभावमा मर्नगइ देखापरेको आपतकालिन समस्या हो।

हार्ट अट्याकको धेरै कारणहरू हुन्छन्। कतिपय वंशाणुगत रोगहरूको कारणले पनि मुटुमा हृदयाघात हुनसक्छ। हर्मनको कारणले महिलामा भन्दा पुरुषमा धेरै यो समस्या देखिन्छ। महिलामा पुरुषमा भन्दा हृदयघातको खतरा कम हुन्छ।

यसको लक्षणमा छातीको बिच भागमा दुख्ने, श्वास फुल्ने, कहिले मुटुको चाल थाहा हुने हुन्छ। यसका साथै परिश्रम गर्दा दम बढ्नु, खुट्टाहरू सुन्निनु, घाँटीको रक्तनली फुल्नु, देब्रे छातीतिर श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउनु, वाकवाक लाग्ने हुनसक्छ। यस्तो भयो भने अस्पताल गइहाल्नु पर्दछ। हृदयाघातको कहिले पनि घरमा बसेर उपचार गर्न सकिँदैन। कतिपय अवस्थामा अस्पताल जान समय नभए पनि आफ्नो उमेर ४० वर्ष कटेपछि डाक्टरलाई भेटेर जाँच गर्न सकिन्छ। जसले गर्दापछि गम्भीर समस्या हुँदैन। हृदयाघात भएका एक तिहाई बिरामीको अस्पताल पुग्नुभन्दा अगाडि नै मृत्यु हुन्छ। छाती वा पेटको माथिल्लो भागमा दुख्दा धेरैले ग्यास्ट्रिक भनेर मेडिकलमा गएर ग्याष्ट्रिकको औषधिहरु ल्याएर पनि खाएर बस्नु हुन्छ। त्यसो गर्नु हुँदैन। समयमा नै जाँच गराउनु पर्छ ।

एक पटक हृदयाघात भएर निको भएपछि दोहोरिने सम्भावना हुन्छ ।
त्यसको लागि मुटुको रगत नलीमा ब्लकेज आएर मुटुको उपचार, अप्रेसन गर्छौ र जीवन भर औषधि खानु पर्दछ। अब सबै सकियो भनेर ढुक्क भएर बस्न सक्ने अवस्था भने हुदैन।