• बैशाख १० २०८२, बुधबार

आज बाल दिवस !

भाद्र २९ २०८०, शुक्रबार

आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

बालबालिकाहरुको नाममा मनाइने दिवसलाई बाल दिवस भनिन्छ। बाल दिवस आफैमा एउटा महत्त्वपूर्ण दिवस हो।नेपालले प्रत्येक वर्ष भाद्र २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ। सन् १९९०, १४ सेप्टेम्वरमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा आत्मसात गरी सोही दिनलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ। बिक्रम सम्वत २०२१ भाद्र ४ गतेदेखि मनाउन सुरु गरिएको बाल दिवस बिक्रम सम्वत २०६३ पछि भाद्र २९ गते मनाउन सुरु गरियो।

इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देखेकी थिइन्।

भारतबाट फर्केपछि रानी रत्नद्वारा आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरि आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरि सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ।