नेपालमा उत्पादन हुने सामग्रीका उत्पादन बढाउन नसकेर हरेक वर्ष नेपालको व्यापार घाटा बढ्दै गएको छ । कृषिमा प्रभावकारी काम गर्न सके व्यापार घाटा घटाउन सकिन्छ कि ? तर, २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका २०७१/७२ का नाकाबन्दी, कोरोना २०१९ र २०७२/७३ मा र त्यसपछि वर्षौंपिछे हरवर्ष कुनै न कुनै कारणले कृषि खेती र उत्पादनमा असर गर्योे।
फलस्वरूप आव २०७२/७३ को आर्थिक वृद्धि शून्य दशमलव ७७ प्रतिशत रहन गयो । २०७९–८० मा आर्थिक वृद्धि पनि ४ प्रतिशतभन्दा कम भयो । तर, मूल्य २०७९/८० मा ७ प्रतिशत रहन गयो । सन् २०१९ देखि २०२३ सम्म कोभिड–२०१९ बाट नेपालसहित विश्वका देशमा अर्थतन्त्रलगायत अरू क्षेत्रमा असर पर्न गयो । आयातको तुलनामा न्यून मात्रामा निर्यात हँदा नेपालको व्याापारघाटा वृद्धि भएको थियो ।
कृषिजन्य उत्पादन गर्न सके आयात व्यवस्थापन र निर्यातको बढोतरीको सम्भावना र तत्पश्चात् व्यापार घाटा घटने परिकल्पना गरिएको थियो । तर, कृषि क्षेत्र व्यावसायिकताका रूपमा लगानी र उत्पादनको अवस्था कमजोर देखिन्छ । यसले गर्दा पनि कृषिजन्य उत्पादनको आयात बढेको बढ्यै छ ।
स्वदेशी उत्पादन अलैंची, चिया–कफी, गलैंचा, पस्मिना आदिका ब्रान्डिङ गरी बाह्य बजारमा निर्यात–बिक्री वितरण गर्न सकिएको देखिँदैन । बाह्य बजारमा राम्रो माग भएको कफी, चिया आदिको उत्पादन बढाउने भूमिका भएको निकायको विशेष ध्यानाकर्षण हुनुपर्छ । अलैंची–अदुवाजस्ता वस्तुहरूको निर्यात सम्भावना भएको वस्तुमा पनि उत्पादन र निकासी ह्वात्त बढ्न सकेको छैन ।
विगत केही वर्षको तथ्यांकअनुसार देशको आयात–निर्यातको अन्तर वर्षैपिच्छे बढ्दै गएको छ । पछिल्ला वर्षमा आयातभन्दा निर्यात झन्डै नौ गुणा भएको देखिन्छ । वार्षिक ८ सय अर्ब बढीको आयात–निर्यातको व्यापार गर्ने देशले २०७२/७३ मा कति हुने हो । निर्यात बढाउन सकिएको देखिँदैन । आर्थिक वर्ष २०७१/७२ मा ६ खर्ब ९४ अर्बभन्दा बढीका सामान देशमा आयात भए । यस वर्ष व्यापार घाटा ६ खर्ब १६ अर्ब भएको थियो ।
आयातमध्ये पेट्रोलियम पदार्थको आयातले गर्दा नै धान्न नसक्ने गरी व्यापारघाटा बढ्दै गएको छ । आयातीत इन्धनमध्ये मुख्यतया सवारीसाधन र लोडसेडिङका बेला बिजुली उत्पादनमा खर्च भइरहेको छ । ऊर्जाको अभाव, कृषि व्यवसाय परम्परागत रूपमा सञ्चालन हुनु र उच्च विप्रेषणलगायत कारणले देशको व्यापार घाटा चुलिँदै गएको भनिन्छ ।
निकासीउन्मुख वस्तुका गुणस्तरीय उत्पादन ह्वात्त बढ्न नसक्नु नै व्यापार घाटाको कारण बन्न गएको देखिन्छ । पेट्रोलियम पदार्थपछि सबैभन्दा बढी कृषिजन्य उत्पादन आयात गर्न विदेशी मुद्रा खर्च भएको छ । तुलनात्मक रूपमा नेपालभन्दा भारतमा कृषि उत्पादन सस्तो भएका कारण बर्सेनि नेपालमा यस्ता वस्तुका आयात बढ्दै छन् ।
भारत सरकारले कृषि उत्पादन बढाउन मल, पानी, बीउ, कृषि औजारमा सहुलियत दिएको देखिन्छ । तर, नेपालमा मलमा मात्र सहुलियत दिइएको छ । त्यसैले नेपालको उत्पादनभन्दा भारतको उत्पादन नेपालमा आयात गर्न सस्तो पर्छ । विगत केही वर्षदेखि नेपालमा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभावले कृषि उत्पादन बढाउन पनि समस्या पर्न गएको छ ।
जनशक्ति नहुँदा दुई बाली लगाउने ठाउँमा एक बाली मात्र लगाउने गरिएको छ । त्यसर्थ, नेपालमा कृषि उत्पादन बढाउन कृषिकरण हुनुपर्ने, कृषकलाई प्रोत्साहन हुनुपर्ने र तुलनात्मक लाभका वस्तु विकास गर्नुपर्ने बताइन्छ ।
नेपालको कुल वैदेशिक व्यापार २०७९/८० सालमा मा १ हजार ७ सय ६८ अर्ब थियो । यसै वर्ष कुल आयात १ हजार ६ सय ११ अर्ब रहेको देखिन्छ । त्यस्तै, यस वर्ष नेपालको निर्यात १ सय ५७ अर्ब र व्यापार घाटा १ हजार ४ सय ५४ अर्ब भएको थियो । २०७९/८० मा नेपालको निर्यात भन्दा आयात १० गुणा बढी भएको छ ।
नेपालबाट एक रुपियाँको वस्तु निर्यात हुँदा १० रुपैयाँबराबरको वस्तु आायात हुने पाइएको छ । नेपालको आयात र निर्यातको अनुपात १० दशमलव २६ पुगेको हो । आव २०७८/७९ मा एक रुपैयाँको वस्तु निर्यात हुँदा ९ रुपैयाँ ७० पैसाकोे वस्तु आयात भएको देखिन्छ । आव २०७९/८० को साउनदेखि पुस मसान्तसम्म केही वस्तुका आयात प्रतिबन्ध कायम रहे पनि कुल आयातमा त्यसको योगदानभन्दा बढी नै आयात घटेको पाइयो ।
व्यापार घाटा घट्नु सकारात्मक देखिए पनि सरकारी आयातमा गरेको कडाइले आयाातमा कमी आएको हो । वनस्पति तेलको आयात र इन्धनको खपत कम हुँदा समग्र आयातमा कमी आएको हो । आयातको तुलनामा निर्यात धेरै घट्दा त्यति राम्रो मानिँदैन ।
आव २०७९/८० मा भारतमा पाम तेलको भाग उच्च थियो । आव २०७९/८० मा भारतले पाम तेल, सन फ्लावर तेल, भटमासको तेल भन्सार महसुल घटाउँदा निर्यातमा उल्लेख्य कमी आई समग्र निर्यातमा कमी आएको हो । कच्चा पदार्थ आयात गरेर प्रशोधन निर्यात गर्ने वस्तुका निर्यातमा उल्लेख्य कमी आए पनि स्वदेशी उत्पादन अलैंची, चिया, अदुवाका निर्यात बढेको छ ।
केही वर्षयताका आर्थिक वर्षमा निर्यात भएका प्रमुख वस्तुमा पाम आयल, भटमासको तेल, अलैंची, फलाम तथा स्टिलका वस्तु, गलैंचा, तयारी पोसाक, कफी तथा चिया मुख्य छन् । खाद्यान्न नेपालको निर्यातभन्दा आयात कैयन् गुणा बढी छ । नेपालमा उत्पादित माछामासुको निर्यात विदेशी आयातभन्दा बढी देखिन्छ । त्यस्तै, देशबाट फलफूल नगण्य मात्रामा निकासी भएको देखिन्छ । तर, फलफूल निकासी बढ्दै छ ।
नेपालबाट निर्यात हुने मुख्य उत्पादनमा रहेको कृषिजन्य वस्तुको उत्पादन–निर्यातमा निरन्तर गिरावट वा ह्वात बढ्न नसक्नु र औद्योगिक उत्पादनमा सुधार नआउनुले देशको मुख्य पेसा कृषि नै संकटमा रहेको अवस्थामा २०७२ को वैशाखको भूकम्पले कृषिको अवस्था आव २०७२/७३ मा आर्थिक वृद्धिमा असर गरी वृद्धिदर शून्य दशमलव ७७ प्रतिशत मात्र रहन गयो । स्थिति शोेचनीय देखिन्छ ।
देशविदेशी अर्थतन्त्रको भरमा हुँदै गएको देखिन्छ । यसरी देशको आन्तरिक उत्पादन कम हुँदै जाने र आयातमा मात्र आधारित हुँदै गयो भने देश कुनै पनि बेला उठ्नै नसक्ने गरी आर्थिक संकटमा फस्न सक्छ । यस्तो स्थितिले मूल्यवृद्धि रोक्न आन्तरिक नीतिले सक्षम हुँदैन भने अर्कोतर्फ उत्पादकत्व वृद्धि नभएसम्म देशमा रोजगारीको अवस्थामा सुधार आउँदैन् ।
वस्तुगत चित्रण गर्दा आव २०७९/८० मा भारतमा पाम तेलको भाग उच्च थियो । आव २०७९/८० मा भारतले पाम तेल, सनफ्लावर तेल, भटमासको तेल भन्सार महसुल घटाउँदा निर्यातमा उल्लेख्य कमी आई समग्र निर्यातमा कमी आएको हो । कच्चा पदार्थ आयात गरेर प्रशोधन निर्यात गर्ने वस्तुका निर्यातमा उल्लेख्य कमी आए पनि स्वदेशी उत्पादन अलैंची, चिया, अदुवाका निर्यात बढेको छ ।
नेपालमा छिमेकी देशमा निर्यातमा केही सहुलियतको व्यवस्था पनि गरिँदै आएको छ । तर, नेपालबाट सहुुलियत दिएकै वस्तुको उत्पादन तथा निकासी बढ्न सकिरहेको छैन । व्यवस्थित तरिकाले कतिपय वस्तुमा अनुदान बढाउन सकियो भने नेपालमा आयात प्रतिस्थापन गर्न सकिन्छ । तर, भनिन्छ, यसलाई चाहिनेजति व्यवस्थित गर्न सकिएको देखिँदैन ।