• मंसिर १४ २०८१, शुक्रबार

ब्रेक प्याडमार्फत् ३०२ किलो सुन तस्करी भएको सीआईबीको निष्कर्श

भाद्र २७ २०८०, बुधबार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रेडी ट्रेड लिंक प्रालिमार्फत नेपाल हुँदै विभिन्न देशमा ३०२ किलो ६२० ग्राम सुन तस्करी भएको निष्कर्ष निकालेको छ।

पत्रकार सम्मेलनमार्फत सीआईबीले ३५ दिन लगाएर ४२ जनाको टोलीले गरेको अनुसन्धानमा दोलखाका दिलिप भुलेजको नाममा दर्ता भएको रेडी ट्रेड लिंक प्रालिबाट उक्त मात्रामा सुन भित्र्याएको देखिएको हो। सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले यस्ता पाँच वटा कम्पनीबाट सुन तस्करी भएको सीआईबीको अनुसन्धानमा देखिएको बताइन्।

हङकङ ट्रान्जिट हुँदै त्यहाँबाट तीन वटा कम्पनीले रेडी ट्रेडको नाममा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को सुन भित्र्याएको बज्राचार्यले बताइन्। उनले सुन तस्करी प्रकरणमा हाल फेला परेको सुनको मात्र अनुसन्धान गरेर अभियोगपत्र दायर गरेको र पुरक अनुसन्धान भने जारी रहेको बताइन।