काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। नेम्वाङको निधनपछि मंगलबार बसेको पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङका विशेष योगदानहरुको स्मरण गर्दै शोक प्रस्ताव पारित गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ३ दिनसम्मका पार्टी र पार्टीसम्बद्ध सबै जनवर्गीय संगठनका औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय भएको जानकारी दिए।
एमालेले ३ दिनसम्म पार्टी केन्द्रीय कार्यालय तथा सबै प्रदेश र जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ। सबै पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए। यस्तै, असोज २ गते पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय भएको छ।