• असार २ २०८२, सोमबार

नेम्वाङको शव अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय पुर्‍याइयो

भाद्र २६ २०८०, मंगलवार

काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीर एमाले पार्टी कार्यालय च्यासल पुर्‍याइएको छ।

त्रिवि शिक्षण अस्पतालबाट नेम्वाङको पार्थीव शरीर च्यासल पुर्‍याइएको छ। च्यासलमा एमालेले शोक सभाको आयोजना गर्नेछ। अन्तिम श्रद्धाञ्जलीका लागि पार्थीव शरीर मंगलबार दिनभरी च्यासलमा राखिने एमाले नेताहरुले जनाएका छन्।