• असार २ २०८२, सोमबार

सुवास नेम्वाङको निधनप्रति अमेरिकी राजदूत थम्पसनद्वारा दुःख व्यक्त

भाद्र २६ २०८०, मंगलवार

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनप्रति दु:ख व्यक्ति गरेका छन्।

मंगलबार बिहान हृदयाघातका कारण निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली गर्दै उनले लोकतान्त्रिक एवं समृद्ध नेपाल निर्माणमा नेम्वाङको भूमिका अनुकरणीय भएको बताएका छन्।

उनले भनेका छन्, ‘संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले दुःखी तुल्याएको छ। लोकतान्त्रिक एवं समृद्ध नेपाल निर्माणमा उहाँको भूमिका धेरैका लागि अनुकरणीय छ।’