• मंसिर १४ २०८१, शुक्रबार

पहिलो पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरुलाई आइएमई पेमा छुट

भाद्र २६ २०८०, मंगलवार

 

काठमाडौँ ।  नेपालको पहिलो डिजिटल वालेट “आइएमई पेले” एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो
कोडको प्रयोग मार्फत फ्ल्याटमा रु ५०० क्यास ब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड
प्रयोग गरी रु ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीहरुलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने छ । यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्नु हुने सेवाग्राहीहरूलाई सिमित अबधि लागि मात्र हो।