• असार २ २०८२, सोमबार

चीन भ्रमणबारे परराष्ट्रका जानकारसित प्रम दाहालले गरे छलफल

भाद्र २४ २०८०, आईतवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाले आफ्नो आसन्न चीन भ्रमणबारे परराष्ट्रका जानकारहरुसँग छलफल गरेका छन् ।
सिंहदरवारमा आइतबार बेलुका प्रधानमन्त्री प्रचण्डले पूर्वराजदुत, पूर्व परराष्ट्रसचिव र परराष्ट्र विज्ञ लगायतसँग छलफल गरेका हुन् ।

यसअघि दाहालले आइतबार बिहान पूर्व प्रधानमन्त्रीहरुसँग पनि आफ्नो चीन भ्रमणबारे छलफल गर्नुका साथै सुझाव समेत मागेका थिए । प्रधानमन्त्री दाहाल आगामी भदौ ३० गते अमेरिका हुँदै चीन भ्रमणमा जाँदैछन् ।