काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
अरु कोसँग कति धरौटी माग ?
केशव तुलाधर, साधारण तारेखमा रिहा,
शिवजी भट्ट-३ लाख ३० हजार
रुद्रकुमार श्रेष्ठ- ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ -७ लाख ५० हजार
कलाधर देउजा -१५ लाख
घमनकुमार कार्की- ७ लाख ५० हजार
गोपाल कार्की -७ लाख ५० हजार
विनोद पौडेल- १५ लाख
योगराज पौडेल- ७ लाख ५० हजार
नारायणराज मिश्र -७ लाख ५० हजार
अरुणकुमार श्रेष्ठ -७ लाख ५० हजार
ध्रुवप्रसाद अर्याल -३ लाख ३० हजार
बाबुराजा महर्जन- १ लख १० हजार
देवनारायण महर्जन – १ लाख १० हजार
सकलानन्द महर्जन- १ लाख १० हजार
सञ्जयकुमार महर्जन- १ लाख १० हजार
लोकहरी घिमिरे -७ लाख ५० हजार